स्थितिगत्यात्मक प्रगतिवादबारे राष्ट्रिय संगोष्ठी सम्पन्न

ललितपुरको हात्तिवनस्थित काठमाडौं विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ । सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको सहृदयता समाज नेपालले जानकारी दिएको छ । प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले…