काठमाडौं महानगरपालिका-२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी…