नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम रू एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 'आज सकिएको नेप्सेको ४१औँ साधारणसभाले…