प्रचण्डले आफू प्रधानमन्त्री बन्न केपी शर्मा ओलीका हरेक शर्त मन्जुर गरेको भएपनि माओवादी केन्द्रका अधिकाङ्श नेताहरू केपीसँगको सहकार्यको पक्षमा नरहेको पाइएको छ । गत शनिबार सम्पन्न माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकमा अधिकाङ्श सहभागीले केपीसँग अगाडि जान नसकिने धारणा राखे । उनीहरूको भनाइ थियो- ‘राष्ट्रपति र सभामुख पद हातपार्न मात्र केपीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेका हुन्, त्यसपछि…