सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को १०औँ संस्करण आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप…