अर्जेन्टिनाले उचाल्यो विश्वकप फुटबलको उपाधि

एम्बाप्पेलाई गोल्डेन बुट अर्जेन्टिनाले फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा…