महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

महाराष्ट्र (भारत)का उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार (१४ माघ) बिहान निधन भएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा पवारसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको हो । बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थलनजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो…