त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेलापऱ्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ । डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल फेला परेको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने…