भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको हो । नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन्…