काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

काठमाडौं महानगरपालिका क्षेत्रमा आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ । महानगरले आज सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ । अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ…