नेपालमा सोमबार पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…