बाहिर नारायणकाजी श्रेष्ठको नाम चर्चामा ल्याइएको भए पनि प्रचण्डले शेरबहादुर देउवासँग शक्ति बस्नेत र वर्षमान पुनको नाम मन्त्रीका निम्ति सिफारिश गरेको जानकारी प्राप्त भएको छ । जनार्दन शर्मालाई मन्त्रिमण्डलबाट बाहिर ल्याएर पार्टीको महामन्त्री बनाउने सोच प्रचण्डले बनाउनुभएको बुझिएको छ । गठबन्धन सरकारको भविष्यलाई लिएर अनेकौँ आशङ्का उत्पन्न भइरहेका बेला मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी विषयमा पनि दलहरूबीच छलफल…