'केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता दिनेछैन' : कार्यवाहक सभापति खड्का नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा आज (२ माघ) आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टीको अनुशासनभन्दा बाहिर गई भएको विशेष भेलाको निर्णय…