आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार (६ माघ) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् । यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ ।…