मध्यराति जुट्यो १८ बुँदे सहमति, आजबाट काठमाडौंको फोहोर उठ्ने

दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र…