वास्तवमा देशलाई चाहिएको विकास, समृद्धि र शान्तिप्रेमी एउटा इमानदार नेता हो, एउटा लहलहै र हल्ला चर्चाको बीच हामीले टोलैपिच्छे खतरा पैदा गर्ने जमात पो उत्पादन गर्दैछौँ कि भनी शङ्का गर्नुपर्ने अवस्था छ । केन्द्रीयस्तरमा उत्पादन भएका राजनीतिजीवीहरूबाट देश प्रताडित हुँदै आएको परिप्रेक्ष्यमा अब गाउँ-गाउँमा समेत पैदा भएका छोटे महाराजहरूले समाजलाई कहाँ पुऱ्याउने हुन्, चिन्ताको विषय…