बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । बुटवल पौडेलको गृहनगर हो । उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा काँचुली…