जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज (२छ पुस) बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड-८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका-९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते…