आज अपराह्नसम्ममा समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिन सकिने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (२८ पुस) अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।…