तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा शनिबार (२६ पुस) तीन वटा शव फेला परेका छन् । शुक्लागण्डकी-५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रनजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो । मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय…