यतिबेला उहाँको गौशालामा स्थानीय प्रजातिका मात्र बाच्छाबाच्छीसहित एकासी वटा गाईहरू संरक्षित छन् । गाईको स्याहारमा उहाँको परिवार लागिपरेका छन् । गौशालालाई उहाँले नाम दिनुभएको छ- ‘विश्वमाता गौशाला ।’ स्थानीय नेपाली गाईको संरक्षण गर्न खोज्दा अनेकौँ अपमान र अवहेलना सहन बाध्य नरबहादुर सुनार अचेल गौदासबाबाका रूपमा चिनिनुहुन्छ । गाईबिना हिन्दू हुँदैन र हिन्दूबिनाको हिन्दूराष्ट्र हुन सक्दैन…