त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु, राप्रपाको राप्रविसंघ र विप्लवका नेकपाको अखिल क्रान्तिकारीले चार दिनयता क्याम्पसमा आन्दोलन गर्दै आएको छ । विद्यार्थी…