राष्ट्रिय सभामा ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा एक सिटबाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४∕४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ…