अफगानिस्तानमा ६,४०० भन्दा बढी पत्रकारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक

अफगानिस्तानमा तालिवान समूहले सत्ता सम्हालेदेखि हालसम्म ६ हजार ४ सय पत्रकारले रोजगारी गुमाएको एक सर्वेक्षण रिपोर्टले देखाएको छ । रिपोटर्स विदआउट बोर्डस (आरएसएफ)ले गरेको सर्वेक्षण अनुसार तालीवान समूहले २ सय ३१ वटा सञ्चारगृह बन्द गर्न निर्देशन दिएको र त्यसबाट ती पत्रकारहरुको जागिर गुमेको हो । पाँच महिनाको अवधिमा जागिर गुमाउने पत्रकारहरूमा ८० प्रतिशत महिला रहेका…