रासस पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही-च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-च्यूरा खान्छन् । यसबेला दही–च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ ।…