देउवाको माग असंवैधानिक : सुवास आचार्य

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रह्यो । सरकारी वकिलहरूको बहस सकिएपछि प्रधानमन्त्रीका निजी कानून ब्यवशायीहरूले बहस सुरु गरेका छन् । आज बिहीबारको बहसमा सहभागिता जनाउँदै ख्यातिप्राप्त कानूनवेत्ता सुवास आचार्यले प्रस्तुत गर्नुभएको तर्क र तथ्यले नयाँ तरङ्ग पैदा गरेको छ। आचार्यको भनाई छ- 'संविधानले शासकीय स्वरूपमै दलीय सरकारको अवधारणा तय गरेको छ…