राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ…