नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य कहिलेसम्म ?

देवप्रकाश त्रिपाठी नेवारी समुदायका चार भाइ (पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी) मिलेर वि.सं. २००६ मा भारतको कोलकातामा स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । संसारमा राज्यविहीन समाज निर्माण गरी साम्यवाद स्थापना गर्ने मूल लक्ष्यका साथ कम्युनिष्ट घोषणापत्र जारी भएको ठीक सय वर्षपछि…