विपक्षीले संसदको सदुपयोग गर्न नसकेकोले संसद् अन्त्य गरिएको सरकारको भनाइ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । वैशाख ७ गते (आज) प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ ।…