महासमिति बैठक : देखाउँदै, सार्दै ! तर बैठक ऐतिहासिक हुने

संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काङ्ग्रेसले दोस्रोपटक तय गरेको मितिमा पनि महासमितिको बैठक हुने सम्भावना क्षीण भएको छ । मध्येमङ्सिरमै गर्न तय भएको बैठक आगामी पौष १६ गतेदेखि गर्ने भनिएको थियो । बीपी कोइराला भारतबाट राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किनुभएको ऐतिहासिक दिन पारेर सुरु गर्ने भनिएको बैठकको अहिलेसम्म कुनै तयारी गरिएको छैन र, नेताहरू…