प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (१९ मङ्सिर) सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजे बस्नेगरी सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन् । निर्वाचन…