सरकारद्वारा घोषित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । पाँचौ निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त…