राय दिने क्रम जारी प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युर) ले राय दिने क्रम जारी छ । राय दिने क्रममा बिहीबार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नेपालको संविधानमा नभएको जिकिर गरे । संविधानमा विघटन गर्ने व्यवस्थाका विषयमा कतै नलेखिएको र संसद्ले प्रधानमन्त्रीलाई सहयोग नगरेको अवस्था…