प्रदर्शन कार्यक्रममा सहभागीप्रति आभार व्यक्त नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भने- ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’ जुलुसको आधारमा अदालतले निर्णय…