जता भत्क्यो उतै दैलो गरेको परिणाम

स्वयम्भूनाथ कार्की भुइँचालोपछिको सहायता नेपाल सरकारमार्फत दिन चाहेनन् विदेशीहरूले । अर्थात्, संविधानसभाले बनाएको सरकारलाई पूर्ण सरकार नमानेको व्यवहार भयो । उसै पनि सहायता लिएर जनतासम्म पुऱ्याउने कामको निमित्त बनाउने भनिएको संरचनामा निर्लज्ज तरिकाले आफ्नो भाग खोजेर गरिएको विवाद संसारले देखेको थियो । त्यसमाथि काम देखाउन गरिएको असफल अभिनयमा संलग्नलाई विश्वास नगरेको परिणाम थियो दाताको आफै…