एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ताकिताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, 'मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू…