एआई क्षेत्रमा भारतको ठूलो लगानी : रिलायन्सले विशाखापट्टनममा केन्द्र बनाउँदै

भारतको रिलायन्स उद्योग समूहले क्यानडाली र अमेरिकी साझेदार कम्पनीहरूसँग मिलेर आन्ध्र प्रदेशको विशाखापट्टनम शहरमा विशाल कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गर्न ११ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । राज्य सरकारले बुधबार यो जानकारी सार्वजनिक गरेको हो । पाँच वर्षमा पूरा हुने भनिएको परियोजनाअन्तर्गत एक गिगावाट क्षमताको ठूलो कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र निर्माण गरिनेछ…