बूढीगण्डकी तर्ने क्रममा काठेसाँघुबाट खसेर बालक बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेसाँघुबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १०ः३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका…