■ सुन्दर शर्मा ‘ए नानी.. पख् त पख् !!’ एकसुरले हिँडिरहेकी म, अचानक यो आवाज कानमा ठोक्किनासाथ टक्क रोकिएँ । आवाज आएतिर मुन्टो फर्काएर हेर्दा छिमेकी खरिबोटे काकी मतर्फ लम्कँदै थिइन् । एउटा सानो चिटिक्क परेको झोला मेरो हातमा थमाउँदै भनिन्- ‘छोराछोरी भेट्न क्यालिफोर्निया (अमेरिका) गा’की थिएँ । तिमीलाई भनेर एउटा किलिप र केही चकलेट…