संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन् । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको जिकिर गरे । 'बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ,…