■ राजबाबु शंकर बहुमत प्राप्त नातामा लामो कालखण्डपछि स्थिर सरकारको अवतरण भएको ठानिए पनि यही सरकारका पछिल्ला अकर्मण्यताले आमनागरिकमा निराशा र विरक्ति बढेको छ । यो सरकारको नेतृत्व गर्नेहरूको नालायकी हो कि शासन पद्धतिमै त्यस्तो केही खोट छ, जसले सत्ताको बागडोर सम्हाल्नेलाई मैमत्त घरसाँढा बनाउँछ, यकिन भइनहाले पनि नचाहँदा नचाहँदै जुनसुकै स्वरूपमा ‘शासकीय परिवर्तन जरुरी…