कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६,८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले बुधबार बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहनुभएकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गर्नुभयो । यससँगै अमादब्लम हिमालमा अटम…