कोभिड-१९ का बिरामीको उपचारका लागि टेकु अस्पतालले धरौटी नलिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड-१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकमसम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्टरमा पत्राचार गरिएको जानकारी दिए । यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा रु…