पूर्वपतिद्वारा खुकुरी प्रहार गरी महिलाको हत्या

सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान्-श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको प्रहरीको छ । स्थानीय…