मक्किएको नेतृत्व र अवसानको मार्ग

मिलापको छनक नमिल्दै फुटको सङ्घारमा पुगिसकेको सत्तारुढ नेकपा तत्कालका लागि विभाजित हुनुबाट जोगिएको प्रचार गरिँदै छ । विचार, सिद्धान्त वा पार्टीगत चरित्रको विहङ्गम फरकपनलाई पूरै नजरअन्दाज गर्दै जबर्जस्ती एकाकारको प्रयत्न गरिनुको पीडा करिव तीन वर्ष सत्तासीन दलले राम्रैसँग महसुस गऱ्यो । दुई नितान्त फरक शैली–स्वभावयुक्त दलका नेतृत्व तह एवम् तिनका कार्यकर्ता मन–व्यवहारले एक मार्ग र…