विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारणले सिर्जित विपत्तिको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्ने गरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ । सोमबार (८ भदौ) शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र…