‘डिप्रेशन’बाट जोगिनुपर्ने समय

■ बबिता बस्नेत ‘केही गर्नै मन लाग्दैन, लेखपढ होस् या अरु काम, आफुलाई ‘फोकस’ गर्नै सकिरहेको छैन, माहौल नै के–के भइरहेको छ ।’ हिजोआज जोसँग कुरा गरे पनि यस्तै–यस्तै कुरा सुनिन्छ । हुन पनि मिडिया हेऱ्यो यता सङ्क्रमित, उता मृत्यु, सङ्क्रमितलाई समाजले गरेको दुर्व्यवहार, क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्नेहरूलाई राज्यले गरेको दुर्व्यवहार जताततै मानिसले भोगेका अप्ठ्याराहरू…