‘लकडाउने दैनिकी’

■ तिलक पौडेल अन्ततः चैत्र बाह्र गतेको ससुरा बुबाको वार्षिक पुण्यतिथिमा सहभागी हुन सकिनँ । एघारै गतेबाट मुलुकमा लकडाउन घोषणा भयो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिँदै थियो । ज्वरो आयो, फुको खोकी लाग्यो, सास फेर्न गाह्रो भयो भने कोरोना हुनसक्छ, तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुहोस् । अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कनुहोस्, निस्कनु परेमा…