हिन्दी फिल्मका लोकप्रिय गायक मोहम्मद अजीजको निधन

हिन्दी सिनेमाका लोकप्रिय गायक मोहम्मद अजीजको निधन भएको छ । ६४ वर्षका अजीजको आज मंगलबार दिउँसो हर्ट अट्याकका कारण देहान्त भएको हो । कलकत्तामा एक कार्यक्रममा सरिक भई मुम्बई फर्केका गायक अजीजलाई मुम्बई एयरपोर्टमा उत्रनेवित्तिकै हृदयाघात भएको बताइएको छ । असजिलो महसुस भएको बताएपछि उनका सवारीचालकले तत्काल स्थानीय नानावती अस्पताल पर्याए पनि चिकित्सकले मृत घोषणा…