प्रधानमन्त्री मोदीको फेरि नेपाल आगमन हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपालको भ्रमणमा आउनुहुने भएको छ । उहाँ बिमिस्टेकको बैठकमा भाग लिन नेपाल आउने सम्भावना रहेको सम्बद्ध अधिकारीहरूले जनाएका छन् । उहाँको भ्रमण आगामी जुलाई या अगस्टसम्ममा हुन सक्ने बताइएको छ । यो भ्रमण निश्चित भएमा एउटै कार्यकालमा चारपटक नेपालको भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले नयाँ कीर्तिमान राख्नुहुनेछ ।…