रसियाबाट युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार

रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर-क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागीसमेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू…