भारत उत्तरकाशी क्षेत्रको पहिरोमा बेपत्ता बर्दियाका तीन जनाको कुशको शव बनाइ अन्त्येष्टि

भारतको उत्तरकाशी क्षेत्रको धारला लगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाइ अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका-६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए । खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी…